विश्व स्वास्थ्य दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम « Khabarhub

विश्व स्वास्थ्य दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गरे ।

सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाएको दावी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन उनको आग्रह छ ।

सरकारले चालू आर्थिक वर्ष भित्रमा नै स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम शुरु गरेको छ ।

कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रर्दशन गरिएको थियो । विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

हाल विश्वभर करिव ३० करोड मानिसहरु डिप्रेशनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

डिप्रेशनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिवी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : ५२ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक