हाइड्रोपावरमा कार्यरत प्राविधिकको शव फेला | Khabarhub Khabarhub

हाइड्रोपावरमा कार्यरत प्राविधिकको शव फेला


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सेती हाइड्रोपावरमा कार्यरत प्राविधिक दीपेन्द्र ओलीको शव आज फेला परेको छ ।

रुकुम जिल्ला स्थायी घर भएका ओली यही चैत १८ गते दिउँसो सेती नदीमा ढुङ्गातर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका ओलीको खोजीका लागि परिचालन भएको सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नं को विपद् व्यवस्थापन टोलीले आइतबार उनको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रदिपकुमार पालले बताए ।

उनले भन्नुभयो, “ओली बगेर बेपत्ता भएको खबर पाउने वितिकै हाम्रो र बाहिनीको टोली परिचालन भएको थियो, एक सातापछि बल्ल शव फेला पारेकाछौँ ।” बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेलापरेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले जनाएको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि उक्त आयोजनाको काम गर्न प्राविधिक ओली डोटी आएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : ४० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले