केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ « Khabarhub

केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमान पोखरेल र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

मुत्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
यस्तै, मुख्य प्रायोजनका रुपमा प्रतियोगितासँग जोडिएको मुक्तिनाथ बैंकले प्रथम पुरस्कार राशी सहयोग गर्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख प्राप्त गर्नेछ ।

यस्तै, बैंङ्कले आवाश्यक होेडिङ्ग बोड,तुल–ब्यानरकोे ब्यवस्थापन समेत मिलाउने सम्झौतामा उल्लेख छ ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले नेपाली खेलकुदको बिकासमा कर्पोरेट सेक्टर महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राबिधिक सहयोगमो प्रतियोगितामा नेपालका चर्चित ६ टिमको सहभागिता रहने छ ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताका लागि साबिक बिजेता एपीएफ, उपबिजेता होङगाजी न्यु डायमण्ड, पुलिस, पश्चिमाञ्चल, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षणको टिमले प्रतिस्पर्धा गर्नेछन् ।

खेल जाउलाखखेल भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्टमा बैशाख १४ देखि १७ सम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेश्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् ।

बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ०७ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ