रियल मड्रिडसँगको हारबाट जोगियो बार्सा, मेस्सीले गरेनन् गोल | Khabarhub Khabarhub

रियल मड्रिडसँगको हारबाट जोगियो बार्सा, मेस्सीले गरेनन् गोल


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलकोमले एक गोल गर्दा बार्सिलोना चीर प्रतिद्वन्दी रियल मड्रिडसँग ‘स्पेनिस कोपा डेल रे’ सेमिफाइनलको पहिलो लेगमा पराजित हुनबाट जोगिएको छ । बुधबार राति नाउ क्याम्पामा भएको खेलमा रियल र बार्सिलोनाले १—१ गोलको बराबरी खेलेका हुन् ।

करिम बेञ्जमाको पासमा लुकाज भाज्कीजले खेलको छैठौं मिनेटमा गोल गर्दा रियलले सुरुआतमै बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । कप्तान लियोनल मेसीबिना मैदानमा उत्रिएको बार्सा पहिलो हाफमा १—० ले पछि परेको थियो ।

यसअघिको भेटमा बार्सिलोनासँग निरीह देखिएको रियलले बुधबार राति भने उत्कृष्ठ शुरुवात गरेको थियो । पहिलो दश मिनेटमै घरेलु टोलीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाका लागि मेलकोमले ५७ औं मिनेटमा गोल गर्दै १—१ गोलको बराबरी मा पुर्या‍एका थिए ।

फिलिपे कोन्टिन्होको स्थानमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि अक्टोबरमा बार्सिलोनासँग ५—१ गेल अन्तरले पराजित भएको रियलले एल—क्लासिकोको पहिलो भेटमा खेल सुधारे पनि अन्य दुई भेट बाँकी रहेकाले अझै सुधार्ने बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : २६ बजे

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल

आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ