पारामा नेपाललाई कास्य पदक « Khabarhub

पारामा नेपाललाई कास्य पदक


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टर्कीको एन्टाल्यामा आयोजना भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी विक्रम श्रेष्ठले कांस्य पदक जितेका छन् ।

बुधबार पी–३२ एकल पुम्सेमा प्रतिस्पर्धा गरेका विक्रम सेमिफाइनलमा रुसका एन्ड्रेई ग्राभोस्कीसँग २०–७ अंकले पराजित हुँदै कांस्यमा सीमित भएका हुन् ।

पहिलो खेलमा बाई पाएका विक्रमले त्यसपछि भएको भिडन्तमा मोरक्कोका विलाल खट्टावीलाई ६–५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

च्याम्पियनसिपको यू–३० स्पर्धामा रुसका एन्ड्रेई ग्राभोस्किट पहिलो, क्रोएसियाका दामाजोव भुसिस दोस्रो, नेपालका विक्रम श्रेष्ठ र इटालीका रिकार्डो जिम्मरम्यान संयुक्त रुपमा तेस्रो भएका थिए ।

पारा पुम्सेमा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । विक्रमले पहिलो सहभागितामै कांस्य पदक जितेका हुन् ।

ग्यारोगीतर्फ नेपालकी पलेसा गोवद्र्धनले ब्राजिलकी डेबोरा मेनेजेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । उनले के–४४ क्याटगोरीको ४९ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन् ।

च्याम्पियनसिपमा ६९ राष्ट्रका ४ सय २५ खेलाडी सहभागी भएको प्रशिक्षक लामाले जानकारी दिए । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालिन ओलम्पिकको छनोटका रुपमा वल्र्ड च्याम्पियनसिपलाई हेरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ५० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा