नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित « Khabarhub

नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ ।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ । बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइ छ ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ ।

भृकुटीमण्डप जग्गा प्रकरण : खरिद ऐनविपरीत टेन्डरबिना नै २ अर्बको चलखेल शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ ।समाज कल्याण परिषद्को संरक्षकत्वमा रहेको भृकुटीमण्डपस्थित फनपार्क तथा टुकुचा बजार रहेको जग्गामा सार्वजनिक खरिद ऐनलाई नै मिचेर बिना टेन्डर ९७ रोपनी जग्गा आफूखुसी विभिन्न व्यक्ति तथा संस्थालाई दिइएको पुष्टि भएको छ । समाज कल्याण परिषद्का गतिविधि छानबिन गर्न २०७५ साल भदौमा विशेष अदालतका पूर्वन्यायाधीस मोहनरमण भट्टराईको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले परिषद्मा सम्झौताका क्रममा ऐनविपरीत प्रतिस्पर्धा नै नगराई आफूखुसी सम्झौता गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विभिन्न समयमा भएको छानबिनबाट पनि सरकारलाई झन्डै २ अर्ब घाटा हुन गएको पत्ता लगाएको थियो । अख्तियारले सोही प्रकरणमा निर्णय प्रक्रियामा संलग्न तत्कालीन मन्त्रीदेखि परिषद्का पदाधिकारीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ६ जनाविरुद्ध ३१ करोडका दरले बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दाएर गरेको छ । यसरी मुद्दा दायर गरेकाहरूमा २०६९ सालमा मन्त्री बनेका महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री न्यौपाने, सदस्यसचिव रवीन्द्रकुमार यादव, कोषाध्यक्ष कुञ्जविहारी चौधरी, उपाध्यक्ष प्रमोद मेहता, सदस्यद्वय मदनलाल कर्ण र हरि न्यौपाने रहेका छन् । तत्कालीन निर्देशक मदनप्रसाद रिमालविरुद्ध समेत अदालतमा मुद्दा दायर भएको छ ।

महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदनले समेत सरकारबाट संरक्षण तथा भोगचलनका लागि समाज कल्याण परिषद्, भृकुटी मण्डपलाई उपलब्ध गराएको ९४ रोपनी जग्गा कार्यनीतिविपरीत लिजमा परिणत गरिएको देखिन आएको उल्लेख गरेको छ । प्रतिवेदनमा तोकिएको दरबाट भाडा असुल गर्नुपर्नेमा न्यून दरमा भाडामा लगाई बदमासी गरिएको औंल्याइएको छ । यसबाट परिषद्लाई आर्थिक वर्ष २०७४/७५ मा ८२ लाख ५१ हजार भाडा कम हुन गएको महालेखाले जनाएको छ ।
समाज कल्याण परिषद्लाई प्राप्त जग्गामध्ये १ सय ९३ रोपनी सरकारी जग्गा विगतदेखि विभिन्न निजी तथा अन्य संघसंस्थाहरूलाई भाडामा लगाउँदै आएको थियो ।

त्यस्तै पत्रिकाले यातायातका लेखापालले ५ करोडको भ्रष्टाचार गरेको, ललिता निवासको प्रकरणले संसदमा जुहारी चलेको खबरलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : २९ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ