नीति तथा कार्यक्रममाथि उठेका सवालमा आज प्रधानमन्त्रीको जवाफ « Khabarhub

नीति तथा कार्यक्रममाथि उठेका सवालमा आज प्रधानमन्त्रीको जवाफ


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममाथिको छलफल आज (मंगलबार) सकिँदैछ । आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमका विषयमा उठाएका सवालको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

गत शुक्रबार संसद्मा प्रस्तुत कार्यक्रममाथि संसदमा तीन दिनसम्म छलफल भएको थियो । सोही छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकोछ ।

प्रधानमन्त्रीको जवाफपछि आजैको बैठकमा नीति तथा कार्यक्रम पारितको प्रक्रिया शुरु हुनेछ । संसदमा आगामी २७ गतेदेखि प्रि बजेटका विषयमा छलफल शुरु हुने संसद सचिवालले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : १६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित