आमालाई कुखुरा उपहार « Khabarhub

आमालाई कुखुरा उपहार


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले जानकारी दिए ।

‘सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न शुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ,’ उनले भने । गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत छ वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो ।

सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन लागिएको निरौली स्वास्थ्य सेवा केन्द्र प्रमुख गोविन्द विष्टले बताए ।

यो गाउँपालिकामा बहुक्षेत्रीय पोषणका साथै कुखुरा वितरण, कुखुराको दाना र खोर सुधारका लागि समेत बजेट छुट्याइएको पशु शाखा प्रमुख मानबहादुर रानाले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले त्यहाँका विद्यालयमा सेनिटरी प्याड वितरण, हात धुने तरिकाबारे कक्षा सञ्चालन, बाल विकास केन्द्रमा पोषणबारे कक्षा सञ्चालन, स्वास्थ्य, कृषिअन्तर्गत सुनौला हजारका दिनका आमालाई मौसमी तरकारी र फलफूलका बिरुवा वितरण, खानेपानी तथा सरसफाइका क्षेत्रमा सरसफाइसम्बन्धी किट वितरणलगायतका काम सञ्चालन गराइरहेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ३४ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र