कतारी भिसा सेन्टर खोल्न बालुवाटारलाई प्रभाव पार्दै व्यवसायी | Khabarhub Khabarhub

कतारी भिसा सेन्टर खोल्न बालुवाटारलाई प्रभाव पार्दै व्यवसायी


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कतार सरकारले नेपालमै भिसा सेन्टर खोलेर नेपाली कामदार लिने भन्दै नेपाल सरकारलाई प्रस्ताव गर्दै आएको छ । विगत ६ महिनादेखि कतारले नेपालमा भिसा सेन्टर खोल्न पहल गरिरहेको छ । हाल नेपाल र कतारबीच श्रम नवीकरण गर्न प्राविधिक समितिसँग छलफल पनि चलिरहेको छ ।

कतार जाने नेपाली कामदारका भिसा सम्बन्धी समस्या न्यूनीकरण गर्न कतारले काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारी अन्तिम चरणमा पुर्‍याएको थियो । सन् २०१८ नोभेम्बर २७ मा उक्त भिसा सेन्टरको श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले नै उद्घाटन गर्ने गरी कार्यक्रम समेत तय गरेको थियो । तर, चलखेल भएको थाहा पाएपछि श्रम मन्त्री विष्टले नै भिसा सेन्टरका विषयमा प्रष्ट धारण नभएसम्म खोल्न रोक लगाएका थिए ।

गत मंसिर २७ मा खोल्ने भनिएको उक्त भिसा सेन्टर खुलाउनका लागि शुरुमा पूर्व श्रमराज्य मन्त्री तथा हिमालय म्यानपावर प्रालिका सञ्चालक टेकबहादुर गुरुङ, कतारस्थित नेपाली दूतवासका राजदूत रमेश कोइराला (उनलाई सरकारले फिर्ता बोलाइ सकेको छ), एसओएस सभिर्स म्यानपावर प्रालिका सञ्चालक हेमजंग गुरुङलगायत केही व्यवसायीले लविङ गरेका थिए ।

उनीहरुको लविङलाई प्रधानमन्त्री कार्यलय र श्रम मन्त्री गोर्कण विष्टले वेवास्ता गदै आएका थिए । तर, अहिले आएर कतारी भिसा सेन्टर खोल्नका लागि आर्थिक प्रलोभन देखाएर विचौलियाले चलखेल गर्न थालेका छन् ।

एसओएस म्यानपावर प्रालिका सञ्चालक हेमजंघ गुरुङले व्यापारी दीपककुमार मल्होत्रासँग मिलेर भिसा सेन्टर खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका केही व्यक्तिसँग साँठगाँठ मिलाउन प्रयास थालेका छन् । व्यापारी मल्सोत्राले हाल प्रधानमन्त्रीका केही सहयोगीमार्फत यो विषयमा प्रधानमन्त्रीलाई प्रभावमा पार्ने गरी काम गरिरहेको पाइएको छ।

यो विषयमा प्रधानमन्त्री ओलीले हालसम्म मुख नखोलेको प्रधानमन्त्री कार्यलयका एक कर्मचारीले बताए । तर, प्रधानमन्त्रीले यो विषयमा श्रम मन्त्री गोर्कण विष्टलाई अप्रत्यक्ष रुपमा बुझेर तत्काल निर्णय गर्ने दबाब दिइरहेको उनको भनाई छ । जसका कारण श्रम मन्त्रालयलाई भिसा सेन्टर खोल्नका लागि प्रधानमन्त्री कार्यलयबाट दबाव नै सिर्जना भइरहेको श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ । कामदारको भविष्यसँग जोडिएको विषय भएकाले हतारमा निर्णय गर्दा भोलि समस्या हुने भन्दै श्रम मन्त्री विष्टले अध्ययन गरे आवश्यक निर्णय लिने प्रधानमन्त्रीलाई बताएको स्रोतको दाबी छ ।

नेपालमा खोल्ने भनिएको उक्त भिसा सेन्टरमार्फत स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाउन रोजगार व्यवसायी गुरुङले व्यापारी मल्सोत्रालाई अघि सारेर काम गराउन प्रधानमन्त्रीसम्म पुगेर दवाव दिने वातावरण सिर्जना गरिरहेको श्रम मन्त्रालय स्रोतको बुझाइ छ । जसका कारण हाल श्रम मन्त्रालयलाई भिसा सेन्टरका लागि तत्काल निर्णय गर्ने प्रधानमन्त्रीको सचिवलयबाट दबाव दिइरहेको छ ।

व्यवसायी गुरुङलाई राजश्व अनुसन्धान विभागले छापा हानेपछि हाल उनले भिसा सेन्टरका लागि मल्होत्रालाई अघि सारेर काम गर्ने पक्षमा रहेको एक परराष्ट्र मन्त्रालयका कर्मचारीले जानकारी दिए ।

कतारी राजदूतावास कार्यालयभित्रै भिसा सेन्टर खोल्न सबै संरचना पनि निर्माण भइसकेको थियो । कतार सरकारले सिंगापुरको बियोमेट कम्पनीसँग सहकार्य गरी सेन्टरमा जडान गरिने सफ्टवेयरसमेत निर्माण गरेको थियो । तर, अन्तिममा आएर श्रम सम्झौता नवीकरणको प्रसंगले तत्कालका लागि उक्त भिसा सेन्टर खुल्ने सम्भावना टरेको हो । श्रममन्त्री विष्टले पनि नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलेसँग कतार सरकारले नेपाली कामदार रोजगारीमा लैजादा सवै खर्च व्योहोर्नुपर्ने सम्झौता गरेपछि मात्र भिसा सेन्टर खोल्नुपर्ने लगायतका विषयमा पनि छलफल गरेका थिए ।

भिसा सेन्टरबाट कामदारलाई थप भार

भिसा सेन्टर खोलेपछि कतार रोजगारीमा जाने कामदारले त्यहाँ जानुअघि १८ देखि २५ अमेरिकी डलर (करिव ३ हजार नेपाली रुपैयाँ) तिर्नुपर्छ । हाल मलेसियामा ओएससीका नाममा ७ सय रुपैयाँ, साउदी, ओमान, बहराइन र कुवेत जाने कामदारले गाम्काका नाममा १० अमेरिकी डलर तिरे जस्तै कतार जाने कामदारले २५ डलर तिर्नुपर्ने देखिन्छ ।

तर, भिसा सेन्टरमार्फत जाने कामदारलाई शुल्क लाग्दैन भन्ने हल्ला चलाएर केहि व्यवसायीले कतार जाने कामदारमाथि एलौटी बनाउन लागेको वैदेशिक रोजगार व्यवसासीहरुले बताउँदै आएका छन् । कतार रोजगारीमा जाने चाहने नेपाली कामदारले भिसा सेन्टरमा आवेदन दिएर २ हजार रुपैयाँ बुझाएपछि उनीहरुको पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि पुनः म्यानपावर कम्पनीमै जानुपर्छ ।

भिसा सेन्टरले पनि म्यानपावरको सहयोगमै कामदार लिने पाइएको छ । सेन्टरमार्फत कतार जाने कामदारले नेपालमै भिसा र तलबका विषयमा जानकारी लिन सक्नेछन्। तर, उनीहरुलाई यो सवै प्रक्रिया म्यानपावर कम्पनीले नै गर्ने भनिएको छ । सेन्टरमार्फत स्वास्थ्य परीक्षण, फिगंर प्रिन्ट, रोजगारीका लागि कतार जान चाहने कामदारको आवेदन र भिसा लागेपछि सम्झौता पत्र हस्ताक्षरको काम हुने बताइएको थियो ।

स्वस्थ्य परीक्षणसहितका कामका लागि नेपाली कामदारले सेन्टरमा करिब ७ हजार रुपैयाँसम्म तिर्नुपर्ने एक रोजगार व्यवसायीले बताए । नेपालमा खोल्ने भनिएको कतारी भिसा सेन्टरबाट कामदारलाई आर्थिक भार पर्ने अवस्था देखिएपछि मन्त्रालयले भिसा सेन्टर खोल्न रोक लागएको श्रम मन्त्रालयका एक अधिकारीले बताए । हाल कतारमा करिब ५ लाख नेपाली कामदार कार्यरत छन् ।

कतारले कामदार आपूर्ति गर्दै आएका ८ देशमा १८ वटा भिसा सेन्टर खोल्न गत वर्ष नै निर्णय गरेको छ । कतार सरकारले बंगलादेश, म्यानमार, श्रीलंका र पाकिस्तानमा भिसा सेन्टर खोलेर कामदार आपूर्ति गर्न गत जनवरी १ गतेदेखि नै शुरु गरिसकेको छ । भारतमा गत महिना भिसा सेन्टर खोलेको थियो । नेपालमा भने भिसा सेन्टर खोल्न सकेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : ४९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले