पढाइदिन्छु भनेर ल्याएका १९ बालबालिकालाई अलपत्र पारेर कालिकोटका जय विश्वकर्मा फरार « Khabarhub

पढाइदिन्छु भनेर ल्याएका १९ बालबालिकालाई अलपत्र पारेर कालिकोटका जय विश्वकर्मा फरार


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिकोट स्थायी घर भएका जय विश्वकर्मा १९ जना बालबालिकालाई अलपत्र पारेर फरार भएका छन् ।

विश्वकर्माले कालिकोटका विभिन्न ठाउँबाट ३ देखि १९ वर्षसम्मका १९ जना बालबालिकालाई कक्षा १० सम्म पठन–पाठन गराइदिने भन्दै काठमाडौं ल्याएका थिए ।

‘न्यू कर्णाली होम’ नामक फर्जी संस्थाको नाममा विश्वकर्माले १९ जना बालबालिकालाई घरबाट ल्याएर काठमाडौं पु¥याएका थिए ।

विश्वकर्माले काठमाडौंको वूढानिलकण्ठमा एक घर भाडामा लिएर ‘छात्राबास’ समेत सञ्चालन गरेका भेटिएको छ । जहाँ उनले कालिकोटबाट ल्याएका १९ जनासहित ४५ जना बालबालिकालाई राखिएको थियो ।

उनले १ वर्ष अगाडि बालबालिकालाई वूढानिलकण्ठमा ल्याएर राखेका थिए । तर, विगत केही दिन अगाडि विश्वकर्मा फरार भएपछि ती बालबालिका अलपत्र परेका हुन् ।

उक्त छात्राबासमा राखिएका अन्य २६ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको भएपनि १९ जना भने अलपत्र परेका थिए ।

अलपत्र परेका बालबालिकाको बालबालिका खोजतलास समन्वय केन्द्रले उद्दार गरेको छ । समन्वय केन्द्रका प्रमुख मोहन विक्रम दाहालका अनुसार उद्दार गरिएका बालबालिकालाई संरक्षण गृहमा राखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : २१ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट