पोखरा विमानस्थलमा अवतरणको क्रममा जाइरोकप्टर दुर्घटना | Khabarhub Khabarhub

पोखरा विमानस्थलमा अवतरणको क्रममा जाइरोकप्टर दुर्घटना


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कास्की- पोखरा विमानस्थलमा हेली एयर नेपालको (लाइट हेलिकोप्टर) जाइरोकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । मंगलबार दिउँसो अवतरणका क्रममा नाइनएन एएमके कल साइनको जाइरोकप्टर विमानस्थलको रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए । जाइरोकप्टर उत्तरी भेगबाट अवतरण गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको थियो ।

दुर्घटनामा परी जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ । पाइलट र यात्रु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जानकारी दिएको छ ।

जाइरोकप्टरले स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरालगायतको क्षेत्रको दृष्यावलोकन गराउँदै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : ३३ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै