पोखरा विमानस्थलमा अवतरणको क्रममा जाइरोकप्टर दुर्घटना « Khabarhub

पोखरा विमानस्थलमा अवतरणको क्रममा जाइरोकप्टर दुर्घटना


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कास्की- पोखरा विमानस्थलमा हेली एयर नेपालको (लाइट हेलिकोप्टर) जाइरोकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । मंगलबार दिउँसो अवतरणका क्रममा नाइनएन एएमके कल साइनको जाइरोकप्टर विमानस्थलको रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए । जाइरोकप्टर उत्तरी भेगबाट अवतरण गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको थियो ।

दुर्घटनामा परी जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ । पाइलट र यात्रु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जानकारी दिएको छ ।

जाइरोकप्टरले स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरालगायतको क्षेत्रको दृष्यावलोकन गराउँदै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : ३३ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको