भारतीय लब्ली विश्वविद्यालयको नेपालमा भर्ना कार्यालय « Khabarhub

भारतीय लब्ली विश्वविद्यालयको नेपालमा भर्ना कार्यालय


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- भारतको नीजि क्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपीयू)ले विद्यार्थी भर्ना कार्यालय (नेपाल एड्मिसन अफिस) काठमाडौंको बागबजारमा स्थापना गरेको छ ।

एलपीयूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरि आफ्नो कार्य आरम्भ गरेको हो । शनिबार आयोजित एक कार्यक्रमका बिच एलपियूका एड्मिसनल डाइरेक्टर अमन मित्तल तथा शैक्षिक परामर्श दिने संस्था ईक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले उद्घाटन गरेका थिए ।

केही संस्थाहरुले सही सूचना र परामर्श नदिँदा समग्रमा शिक्षा क्षेत्रको बद्नाम भएको भन्दै अध्यक्ष पाण्डेले अहिले नेपालबाट अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थी भारत गएको बताए । तर कति विद्यार्थी भारत गएका छन् भन्ने तथ्यांक सरकारसँग नभएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संविधानविद तथा काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ ल’ का डिन डा. विपिन अधिकारीले शिक्षाको सर्टिफिकेटले नभएर गुणस्तरले मापन हुने बताए । उनले आवश्यकता हेरेर आफ्नो लागि सही संस्था चुन्नु पर्ने जनाए ।

कार्यक्रममा बोल्दै एलपीयुका एड्मिसनल डाईरेक्टर मित्तलले नेपालका विद्यार्थीहरुलाई छात्रबृत्ती दिईने भएकाले विद्यार्थीका लागि यो राम्रो अवसर हुने बताए । यस्तै भारतीय राजदुतावासका शिक्षा तर्फका द्वितीय सचिब निरज जैसवालले एलपीयू नेपाली विद्यार्थीका लागि निक्कै उपयोगी हुने समेत बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : २१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका