भारतीय लब्ली विश्वविद्यालयको नेपालमा भर्ना कार्यालय « Khabarhub

भारतीय लब्ली विश्वविद्यालयको नेपालमा भर्ना कार्यालय


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- भारतको नीजि क्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपीयू)ले विद्यार्थी भर्ना कार्यालय (नेपाल एड्मिसन अफिस) काठमाडौंको बागबजारमा स्थापना गरेको छ ।

एलपीयूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरि आफ्नो कार्य आरम्भ गरेको हो । शनिबार आयोजित एक कार्यक्रमका बिच एलपियूका एड्मिसनल डाइरेक्टर अमन मित्तल तथा शैक्षिक परामर्श दिने संस्था ईक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले उद्घाटन गरेका थिए ।

केही संस्थाहरुले सही सूचना र परामर्श नदिँदा समग्रमा शिक्षा क्षेत्रको बद्नाम भएको भन्दै अध्यक्ष पाण्डेले अहिले नेपालबाट अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थी भारत गएको बताए । तर कति विद्यार्थी भारत गएका छन् भन्ने तथ्यांक सरकारसँग नभएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संविधानविद तथा काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ ल’ का डिन डा. विपिन अधिकारीले शिक्षाको सर्टिफिकेटले नभएर गुणस्तरले मापन हुने बताए । उनले आवश्यकता हेरेर आफ्नो लागि सही संस्था चुन्नु पर्ने जनाए ।

कार्यक्रममा बोल्दै एलपीयुका एड्मिसनल डाईरेक्टर मित्तलले नेपालका विद्यार्थीहरुलाई छात्रबृत्ती दिईने भएकाले विद्यार्थीका लागि यो राम्रो अवसर हुने बताए । यस्तै भारतीय राजदुतावासका शिक्षा तर्फका द्वितीय सचिब निरज जैसवालले एलपीयू नेपाली विद्यार्थीका लागि निक्कै उपयोगी हुने समेत बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : २१ बजे

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो