ब्रेकअपको ३ वर्षपछि क्याटरीनाले खुलाइन् रणवीरको सेक्रेट ! « Khabarhub

ब्रेकअपको ३ वर्षपछि क्याटरीनाले खुलाइन् रणवीरको सेक्रेट !


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ पछिल्लो समय आउँदै गरेको फिल्म ‘भारत’ को प्रचारमा व्यस्त छिन् । यसै सिलसिलामा उनी भारतीय मिडियामा छाइरहेकी छिन् । उनी निकै व्यस्त भए पनि सामाजिक सञ्जालमा पनि उनी सक्रिय रहने गर्छिन् । उनले सन् २०१७ देखि आफ्नो इन्स्टाग्राम खाता बनाएकी थिइन् ।

क्याटरीनालाई एक पत्रकारले सोधे, के उनी ती व्यक्तिलाई ख्याल गर्छिन्, जसले फेक खाता प्रयोग गर्ने गर्छन् ? प्रश्नको उत्तरमा क्याटरीनाले भनिन् – नाइँ ।

जहाँसम्म कि, उनका साथ आफ्नो एक्स ब्याइफ्रेन्ड रणवीर कपूरका बारेमा भने एक सेक्रेट बताइन् ।

क्याटरीनाले भनिन्, ‘मैले त फेक खाताको एकाउन्ट प्रयोग गर्दिन तर मलाई थाहा छ कि, रणवीरले फेक खाता प्रयोग गर्ने गर्छन्, ताकि उनी सबैको बारेमा जान्न सकून् ।’

क्याटरीनाले रणवीर कपूरले नै आफूलाई इन्स्टाग्राम सिकाएको पनि खुलासा गरिन् । दुवैले बिहे नै गर्ने योजना बनाएका थिए । यी दुईले लामो समयसम्म एक दोस्रोसँग डेट गरेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । पछि दुवै अलग भए । केही दिनपहिले मात्र ब्रेकअपलाई लिएर क्याटरीनाले आफूले ब्रेकअप हुनुको जिम्मा लिएको बताएकी थिइन् ।

पछिल्लो समय रणवीर कपूर आलिया भट्टसँग डेट गरिरहेका छन् । यता क्याटरीना कैफ अझै पनि सिङ्गल छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ३८ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै