ब्रेकअपको ३ वर्षपछि क्याटरीनाले खुलाइन् रणवीरको सेक्रेट ! « Khabarhub

ब्रेकअपको ३ वर्षपछि क्याटरीनाले खुलाइन् रणवीरको सेक्रेट !


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ पछिल्लो समय आउँदै गरेको फिल्म ‘भारत’ को प्रचारमा व्यस्त छिन् । यसै सिलसिलामा उनी भारतीय मिडियामा छाइरहेकी छिन् । उनी निकै व्यस्त भए पनि सामाजिक सञ्जालमा पनि उनी सक्रिय रहने गर्छिन् । उनले सन् २०१७ देखि आफ्नो इन्स्टाग्राम खाता बनाएकी थिइन् ।

क्याटरीनालाई एक पत्रकारले सोधे, के उनी ती व्यक्तिलाई ख्याल गर्छिन्, जसले फेक खाता प्रयोग गर्ने गर्छन् ? प्रश्नको उत्तरमा क्याटरीनाले भनिन् – नाइँ ।

जहाँसम्म कि, उनका साथ आफ्नो एक्स ब्याइफ्रेन्ड रणवीर कपूरका बारेमा भने एक सेक्रेट बताइन् ।

क्याटरीनाले भनिन्, ‘मैले त फेक खाताको एकाउन्ट प्रयोग गर्दिन तर मलाई थाहा छ कि, रणवीरले फेक खाता प्रयोग गर्ने गर्छन्, ताकि उनी सबैको बारेमा जान्न सकून् ।’

क्याटरीनाले रणवीर कपूरले नै आफूलाई इन्स्टाग्राम सिकाएको पनि खुलासा गरिन् । दुवैले बिहे नै गर्ने योजना बनाएका थिए । यी दुईले लामो समयसम्म एक दोस्रोसँग डेट गरेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । पछि दुवै अलग भए । केही दिनपहिले मात्र ब्रेकअपलाई लिएर क्याटरीनाले आफूले ब्रेकअप हुनुको जिम्मा लिएको बताएकी थिइन् ।

पछिल्लो समय रणवीर कपूर आलिया भट्टसँग डेट गरिरहेका छन् । यता क्याटरीना कैफ अझै पनि सिङ्गल छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै