आन फुटसल: माछापुच्छ्रे र न्यूज २४ अन्तिम १६ मा « Khabarhub

आन फुटसल: माछापुच्छ्रे र न्यूज २४ अन्तिम १६ मा


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा काठमाडौंमा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’अन्तर्गत समूह ई बाट माछापुच्छ्रे बैंक र न्यूज २४ टिभी प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यसैगरी समूह एफबाट पिक्सन इन्जिनियरिङ र मिडिया बास्केटले पनि अन्तिम १६ को स्थान सुरक्षित गरेका छन् ।

सानेपाको फिल्ड फुटसलमा मंगलबार भएको समूह ‘इ’बाट माछापुच्छ्रे बैंकले तीन वटै खेल जित्दा न्यूज २४ ले २ खेल जितेको थियो ।माछापुच्छ्रेले पहिलो खेलमा बिजनेश एडभान्टेजलाई २–० गोल ले हराउँदा न्यूज २४ माथि पनि २–० कै जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपाल टिभीसँग भने १ गोल खाएको माछापुच्छ्रेले ३ गोल थप्दै समूह चरणमा अपराजित रहन सफल भयो ।

यसैगरी उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको न्यूज २४ले नेपाल टेलिभिजिनलाई २–१ गोलले पराजित गर्दा माछापुच्छ्रेसँग २–०ले न्यूज २४ स्तब्ध भयो । यसैगरी तेस्रो खेलमा न्यूज २४ ले बिजेनस एडभान्टेजमाथि ४–३ गोल अन्तरको जित निकाल्न सफल भयो ।

समूह एफ अन्तर्गत पिक्सन र मिडियाबास्केट अन्तिम १६ मा प्रवेश गरे । समूह विजेता बनेको पिक्सनले २ खेलमा जित र एक खेल बराबरी खेलेको थियो । सुश्री मिडियालाई २–० गोल अन्तरले पराजित गरेको पिक्सनले दोस्रो खेलमा फ्यूचर हबसँग १–१ गोलको बराबरी खेल्यो । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पिक्सनले मिडिया बास्केटलाई २–१ को कठिन जित निकाल्दै अपराजित रहन सफल भयो ।

समूह एफबाट उप बिजेताको रुपमा प्रि क्वार्टरफाइनल पुगेको मिडिया बास्केटले फ्यूचरहबलाई ३–२ गोलले पराजित गरेको थियो भने सुश्री मिडियामाथि ४–० को सानदार जित दर्ता गर्न सफल भयो । अन्तिम खेलमा पिक्सनसँग २–१ गोलले पराजित भएपनि उप विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि १२ वटा खेल हुने छन् । बुधबार समूह सी र डीका खेलहरु आयोजना हुने आन फुटसल प्रतियोगिता सञ्चालन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डटकम रहेका छन् ।  त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ४४ बजे

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि