कांग्रेसको देशव्यापी जागरण अभियान भोलिबाट « Khabarhub

कांग्रेसको देशव्यापी जागरण अभियान भोलिबाट


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बुधबारबाट देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सम्पन्न हुनेछ । बुधबारबाट सुरु हुने प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको कांग्रेसले जनाएको छ ।

अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्य जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (राष्ट्रिय मेलमिलाप दिवस) मा समापन हुने कांग्रेसले जनाएको छ ।

सातै प्रदेशमा शीर्ष नेताको सम्बोधन
सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं. ५ को रुपन्देहीमा महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं. २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं. १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन