कांग्रेसको देशव्यापी जागरण अभियान भोलिबाट | Khabarhub Khabarhub

कांग्रेसको देशव्यापी जागरण अभियान भोलिबाट


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बुधबारबाट देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सम्पन्न हुनेछ । बुधबारबाट सुरु हुने प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको कांग्रेसले जनाएको छ ।

अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्य जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (राष्ट्रिय मेलमिलाप दिवस) मा समापन हुने कांग्रेसले जनाएको छ ।

सातै प्रदेशमा शीर्ष नेताको सम्बोधन
सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं. ५ को रुपन्देहीमा महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं. २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं. १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ५८ बजे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।

रुद्राक्ष रहस्य : सबैभन्दा महँगो २१ मुखे, चीनले फेसन बनायो, नेपाल-भारत आस्थामा बाँधिए (भिडियो)

काठमाडौं– नेपाली समाजमा विशेषगरी हिन्दू सभ्यतामा रुद्राक्षका किस्सा प्रशस्त सुनिन्छन् ।