गंगालालबाट आकृतिको शव टिचिङ अस्पतालमा, छोरीको शव पनि हेर्न नपाइ घर फर्किइन् पिङ्की « Khabarhub

गंगालालबाट आकृतिको शव टिचिङ अस्पतालमा, छोरीको शव पनि हेर्न नपाइ घर फर्किइन् पिङ्की


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– मुटुरोगको उपचारका क्रममा गलत समूहको रगत चढाउँदा निधन भएकी सर्लाहीकी ५ वर्षीया आकृति कुमारी साहको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको क्रममा निधन भएकी आकृतिको परिवारले शव लिन नमानेपछि अस्पतालले प्रहरीको सहयोगमा टिचिङ अस्पतालमा पठाएको हो ।

गंगालालमा आकृतिको शव विग्रिने र अन्य बिरामीलाई समेत असर पर्नसक्ने भन्दै आकृतिको शव टिचिङ पठाइएको अस्पतालका निर्देशक ज्योतिन्द्र शर्माले बताए ।

‘मृतकका आफन्तले शव लिन मानेनन्, अस्पतालको आईसियूमा राख्दा अन्य बिरामीलाई पनि असर पर्छ । त्यसैले शव टिचिङ लगिएको छ,’  शर्माले खबरहबसँग भने, ‘प्रहरीले मुचुल्का उठाएर प्रहरीले टिचिङ लगिएको हो ।’

मुटुरोग समस्या भएकी आकृतिको १७ गते गंगालाल अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको थियो । मुटुको शल्यक्रिया गरी उपचार गरेको १ सातापछि अस्पतालले साहको मृत्यु भएको भन्दै आफन्तलाई शव लैजान भनेको थियो । तर, मृतक आकृतिका आफन्तले भने उपचारमा संलग्न डाक्टरले गलत समूहको रगत चढाएर उनको मृत्यु भएको भन्दै दोषी चिकित्सकलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका थिए ।

उपचारमा लापरबाही गर्ने ल्याबका कर्मचारी र रगत चढाउने चिकित्सकलाई कारबाही नभएसम्म छोरीको सव नबुझ्ने आकृतिका बुवा रामप्रवेश साहले बताएका छन् । अस्पतालको लापरबाहीले छोरीको ज्यान गएको र चिकित्सकले गलत डकुमेन्ट बनाएर घटनालाई दवाउन खोजेको आफन्तको आरोप छ ।

यता गंगालाल अस्पतालका निर्देशक ज्योतिन्द्र शर्मा भने मृतक आकृतिको मृत्युको विषयमा छानबिन समिति बनाएर अनुसन्धान भइरहेको बताउँछन् ।

‘हामीले समिति बनाएर बालिकाको मृत्युको विषयमा छानबिन गरिरहेका छौं । सम्भवत भोलि (बुधबार) सम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘मृतकका आफन्तले भनेजस्तो गतल रगतकै कारण मृत्यु भए नभएको भन्ने कुरा फाइनल रिपोर्ट नआइ भन्न सकिँदैन, तर आजको भोलि त अनुसन्धान हुँदैन, आवेशमा आएर कसैलाई कारबाही गर्न त म सक्दिन नि । समितिको रिपोर्टमा कुनै चिकित्सकको गल्ति देखिए म कारबाही गर्छु ।’

छोरीको शव देख्न नपाइ घर फर्किइन् पिङ्की

आकृतिको मुटुरोगको उपचारका लागि बैशाख १७ गते अप्रेसन थिएटर सम्म आमा पिङ्कीले पुर्‍याएकी थिइन् । छोरीको रोग ठीक हुने आशमा आफ्नो मन सम्हाल्दै बसेकी पिङ्की सोमबार अस्पतालले छोरीलाई मृत घोषित गर्दा स्तब्ध बनिन् ।

एकसाता अघि आफ्नो हात समाउँदै हाँस्दै अप्रेसन थिएटरमा पसेकी छोरीको निधन भयो भन्दा पिङ्कीले अझै विश्वास गर्न सकेकी छैनन् । छोरीको मृत्युको खबरले रोहेर थाकेकी पिङ्की अन्तिम पटक छोरीको मृत शरीर समेत हेर्न नपाइ मंगलबार घर फर्किएकी छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : ४८ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित