मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ को उपाधि प्रदेश २ लाई « Khabarhub

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ को उपाधि प्रदेश २ लाई


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर २ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले दिएको १ सय ३४ रनको लक्ष्य प्रदेश २ ले २६ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । प्रदेश २ का लागि रोहन बिकले सर्वाधिक ३६ रनको पाली खेल्दा बिशाल पटेलले अविजित २८ तथा निखिल सिंहले २७ रन बनाए । प्रदेश २ विरुद्ध प्रदेश ७ का आशिष भट्टले ३ र गोबिन्द बिष्टले १ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश ७ ले पुरा खेल खेल्दै ९ विकेट गुमाएर १ सय ३३ बनायो । सुदुरपश्चिमका लागि सुवाश ऐरले सर्वाधिक ४७ रन बनाएका थिए । यस्तै सन्दीप बिष्टले २८ र आशिष भट्टले २१ रन बनाएका थिए ।

प्रदेश २ का बिशाल पटेल र निखिल सिंहले समान ३–३ विकेट लिएका थिए । उपाधिसंगै प्रदेश नम्बर २ ले २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको खेल सामग्री प्राप्त गर्दा उपविजेता सुदुरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र सोही बराबरको खेल सामग्री प्राप्त गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ५९ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा