इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा केहीदिनभित्रः ट्रम्प « Khabarhub

इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा केहीदिनभित्रः ट्रम्प


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता आतंकवादी संगठन इस्लामिक स्टेट पराजित भएको घोषणा गर्नसक्ने जनाएका छन् ।

सिरिया र इराकमा इस्लामिक स्टेटविरुद्ध अमेरिकी युद्धमा अमेरिकालाई साथ दिने ७९ मुलुकका विदेशमन्त्रीहरुको बैठकमा उनले इस्लामिक स्टेटले कब्जा गरेको सबै भूभाग फिर्ता भइसकेकाले इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा आगामी साता गर्नसक्ने जनाएका हुन् ।

बैठमा उनले भनेका थिए–‘‘ इस्लामिक स्टेटले कब्जा गरेको सवै भूभाग फिर्ता भइसकेको छ, यो महत्वपूर्ण पक्ष हो ।’’

केही दिन अघिमात्रै पेन्टागनले आवश्यक सैनिक दबाब नहुँदा इस्लामिक स्टेट फर्कनसक्ने जनाएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट पराजित भइसकेकाले सिरियाबाट २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । यसअनुसार सिरियाबाट सैनिक फिर्ता हुने प्रकृया पनि सुरु भइसकेको बताइएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुँदैमा सिरियामा अमेरिकी युद्ध समाप्त भइनसकेको जनाएका थिए ।  अमेरिकाको स्टेट डिपार्टमेन्टमा भएको यो बैठक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको घोषणापछिको पहिलो बैठक हो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : १९ बजे

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र