जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले « Khabarhub

जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– ७५ वर्षअघि दोश्रो विश्वयुद्धअन्तर्गत पश्चिमी मोर्चामा नाजी जर्मन फौजविरुद्धको सैनिक कारवाहीका लागि सैनिकहरुले फ्रान्सको नरमेण्डीमा अवतरण गरेको सम्झनामा उक्त युद्धका अनुभवी बयोवृद्ध ९७ वर्षीय पूर्व सैनिकले प्यारासुटबाट हाम फालेका छन् ।

डी डे अर्थात् सन् १९४४ जुन ६ मा नरमेण्डीको तटमा साझेदार मुलुकका सैनिक अवतरण गर्दाका सम्झनामा नरमेण्डीको युद्धका अनुभवी बयोवृद्ध अमेरिकी पूर्वसैनिक टम राइसले नरमेण्डीको तटमा प्यारासुटमार्फत् हाम फालेका हुन् ।

उनले पछिल्लो अवतरण ‘उत्कृष्ट’ भएको राइसले जनाएका छन् । डि डेका दिन उनी अमेरिकी सेनाको १०१ औं एअरबोन डिभिजनमा थिए । डि डेका दिन उनले नाजी फौजको गोलीको परवाह नगरी हाम फालेका थिए । उनले त्यस दिन सम्झिदा पनि कहालीलाग्ने बताए ।

त्यसबाहेक नरमेण्डीकै युद्धका अनुभवी अन्य दुई बयोबृद्ध बेलायती पूर्वसैनिकले पनि प्यारासुटबाट हाम फालेका छन् । दुई बेलायत पूर्व सैनिकहरु ९५ वर्षे ह्यारी रेड तथा ९४ वर्षे जोन हटनले पनि नरमेण्डीको तटमा हाम फालेका छन् ।

दोश्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीविरुद्ध साझेदार मुलुकका सेनाले सन् १९४४ जुन ६ का दिन नरमेण्डीको तटमा अवतरण गरेपछि दोश्रो विश्वयुद्धको मोड नै परिवर्तन भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ८ : ४९ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक