मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति « Khabarhub

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन्। मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेको नयाँ पत्रिकामा खबर छ ।

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए। क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए।

‘हामीले पाइप बिछ्याएको ठाउँमा सडक विभाग र स्थानीय तहले सडक विस्तार गर्दा तथा ढल निर्माण गर्दा पाइप फुटेका हुन्,’ खत्रीले भने, ‘निर्माण व्यवसायीका कमजोरीले समेत पाइप फुटेका छन्। करिब १६ करोड रुपैयाँबराबरको क्षति पुगेको छ। अब पुनः बिछ्याउँदा उत्ति नै खर्च हुन्छ।’ मुख्य पाइपबाट घर–घरमा लैजान जोडिएका पाइपमा धेरै क्षति पुगेको उनले बताए।

आयोजनाले उपत्यकामा ०७० देखि पाइप बिछ्याउँदै आएको छ। अहिलेसम्म एक हजार दुई सय किलोमिटर पाइप बिछ्याएकोमा अब तीन सय किलोमिटर बाँकी छ। हाल ललितपुर महानगरपालिका क्षेत्र, कलंकी, कुलेश्वरमा बिछ्याउने काम भइरहेको छ।

मेलम्ची खानेपानी आयोजनाको लगानीकर्ता एसियाली बिकास बैंक (एडिबी)ले पाइप फुटेको विषयमा चासो देखाएको छ। एडिबीले अर्थ मन्त्रालयलाई पत्र लेख्दै सम्बन्धित सबै निकायलाई बोलाएर छलफल र समन्वय गराउन भनेको छ। निर्देशनालयले पनि पाइप फुटेर पुगेको क्षतिका विषयमा खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ। ‘एडिबीले दोहोरो भुक्तानी गर्न नसकिने भनेर अर्थ मन्त्रालयलाई सबै निकायबीच समन्वय गराउन पत्र लेखेको छ। हामीले पनि जानकारी गराएका छौँ,’ खत्रीले भने।

निर्देशनालयले बिछ्याइएको पाइप जाँच गर्न ट्यांकरको पानी प्रयोग गरिरहेको छ। यसरी गर्दा खण्ड–खण्डमा मात्रै पाइप जाँच सम्भव भएको छ। तर, खण्ड–खण्डमा जाँच गर्दा क्षति पुगेको पाइपको यकिन जानकारी पत्ता लाग्न नसक्ने निर्देशनालयको भनाइ छ।

‘अहिले देखिएको क्षति ३० किमिमा हो। अझै थप क्षति पनि हुन सक्छ। पानी छैन, ट्यांकरको पानीले जाँच गर्दा कहाँ क्षति पुगेको छ भन्ने यकिन जानकारी पाउन सकिन्न,’ खत्रीले भने, ‘बिछ्याएको लामो समयसम्म पाइप सुक्खा रहँदा त्यसै पनि समस्या आउन सक्छ।’ मेलम्चीको पानी काठमाडौं नआई पूर्ण रूपमा पाइपको जाँच गर्न असम्भव रहेको उनले बताए।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : २६ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन