जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल « Khabarhub

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने बताएकी छन् ।

चितवनका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीसँग छलफल गरेपछि मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने स्पष्ट पारेकी हुन् ।

उनले प्राप्त सुझावका आधारमा कामलाई छिटो अघि बढाउने विषयमा छलफल गरिएको बताइन् ।

‘नियम र नीतिका कारण काम रोक्ने वा बाधा–अड्काउ हुने अवस्था छैन । जिम्मेवारीमा रहनुभएका व्यक्तिले कति छिटो अगाडि बढाउनुहुन्छ भन्ने विषय नियतमा भर पर्छ,’ उनले भनिन् ।

मन्त्री रावलले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन जिल्ला समितिलाई आवश्यक सुझाव दिन आग्रह गरिएको जानकारी दिइन् ।

उनले सहकारीपीडित तथा भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या र गुनासा सुनेको बताइन् । साथै, सरकारले गरिरहेका कामबारे स्थानीयलाई जानकारी गराइएको पनि उनले उल्लेख गरिन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली