चट्याङ लागेर २ जनाको मृत्यु, ८ घाइते | Khabarhub Khabarhub

चट्याङ लागेर २ जनाको मृत्यु, ८ घाइते


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुर र प्युठानमा परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ–९ च्योराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजे परेको चट्याङबाट घरमा सुतिरहेका बिनोद पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट बृद्धिलाल मोक्तान गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको स्थानीय चन्द्रबहादुर चेपाङले जानकारी दिए ।

यसैबीच, प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको गएराति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

त्यस्तै, डोटीमा ७ जना चट्याङबाट घाइते भएका छन् । बिहिबार राति ६ जना र शुक्रबार फेरि थप एक जनालाई चट्याङ लागेको हो । चट्याङ लागेकाहरु सबै सख्त घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । घाइते हुनेहरूमा २६ वर्षीया देवि बोहरा, २३ वर्षीया भगु दमाई, ३५ वर्षीया पदमा धानुक, १६ वर्षीया कल्पना ढोलि, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमनि दमाई र वर्षीया २८ मिढु दमाई रहेका छन् ।

घाईतेहरुलाई जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरी उपरिक्षक विद्यानन्द माझी जानकारी दिए । आफ्नै घरमा सुतिरहेको वेला चट्याङ लागेर मृत्यु उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : ३२ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।