चट्याङ लागेर २ जनाको मृत्यु, ८ घाइते « Khabarhub

चट्याङ लागेर २ जनाको मृत्यु, ८ घाइते


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुर र प्युठानमा परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ–९ च्योराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजे परेको चट्याङबाट घरमा सुतिरहेका बिनोद पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट बृद्धिलाल मोक्तान गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको स्थानीय चन्द्रबहादुर चेपाङले जानकारी दिए ।

यसैबीच, प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको गएराति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

त्यस्तै, डोटीमा ७ जना चट्याङबाट घाइते भएका छन् । बिहिबार राति ६ जना र शुक्रबार फेरि थप एक जनालाई चट्याङ लागेको हो । चट्याङ लागेकाहरु सबै सख्त घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । घाइते हुनेहरूमा २६ वर्षीया देवि बोहरा, २३ वर्षीया भगु दमाई, ३५ वर्षीया पदमा धानुक, १६ वर्षीया कल्पना ढोलि, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमनि दमाई र वर्षीया २८ मिढु दमाई रहेका छन् ।

घाईतेहरुलाई जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरी उपरिक्षक विद्यानन्द माझी जानकारी दिए । आफ्नै घरमा सुतिरहेको वेला चट्याङ लागेर मृत्यु उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन