कैलालीलाई पीडा दिएको हुरीले काठमाडौंबासीलाई राहत ! | Khabarhub Khabarhub

कैलालीलाई पीडा दिएको हुरीले काठमाडौंबासीलाई राहत !


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीको टीकापुर आसपासका क्षेत्रमा बिहीबार साँझ आएको हावाहुरी शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । ९६ किलोमिटर प्रतिघण्टाको गतिमा कैलाली क्षेत्रबाट अघि बढेको हावाहुरी गति सीमित हुँदै बिहान काठमाडौं आइपुगेको थियो ।

यसरी कैलाली, कञ्चनपुर क्षेत्रमा २ जनाको ज्यान जाने गरी र १०९ जनालाई घाइते बनाउने गरी दु:ख दिएर आएको हुरी काठमाडौंबासीका लागि भने खुसी दिएर गएको छ ।

मौसमविद्हरुका अनुसार यो हावाले काठमाडौंको धुलो उडाएर लगेको बताएका छन् । धनगढी आसपसबाट तराई क्षेत्र हुँदै अघि बढेको हावाहुरी मौसम पूर्वानुमान भन्दा फरक रुपमा गति परिवर्तन गरी काठमाडौं भित्रिएको मौसमविद विभुति पोखरेलले बताइन । उनले भनिन्-‘धनगढीवासीले हिजो साँझ पीडाका रुपमा भोगेको हावाहुरी आज बिहानै काठमाडौं आइपुग्यो। त्यो हावाहुरीको काठमाडौं आवागमन मौसम पूर्वानुमान महाशाखाको अनुमानविपरीत थियो।’

मौसमविद पोखरेलले कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी पूर्व आउँदा बिस्तारै घटेको र हावाहुरी तराईंको बाटो हुँदै जान्छ भनेर गरिएको पूर्वानुमान विपरित मध्यनेपालबाट काठमाडौंतिर आएको बताइन ।

यो हावाहुरीले काठमाडौंको धुलो उडाएर काठमाडौंको मौसम सफा बनाएको उनले बताइन । पोखरेलले भनेजस्तै आज काठमाडौंको मौसम सफा देखिएको छ । उपत्यकाका डाँडाकाँडा सफा र खुला देखिएका छन् । काठमाडौंको आकाश पनि निलो, कञ्चन सफा देखिएको छ । उत्तरी क्षेत्रमा हिमालका सुन्दर दृश्य देखिएका छन् ।

लगातार पानी परेपछि केही समय उपत्यकाको मौसम खुलेपनि केहीबेरमा तुवाँलो र धुलोले ढाक्ने गरेको छ । तर आज बिहान करिव आधा घण्टा चलेको हुरीले उपत्यकाको तुवाँलो उडाइदिएको छ ।

काठमाडौं उपत्यकाको मौसममा सुधार आएपनि उपत्यका आसपास र पूर्वी नेपालको भूभागमा हावाहुरी र पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : २४ बजे

हुन्डी कारोबार रोक्न हङकङस्थित नेपाली व्यवसायीको माग

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका

एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण 

काठमाडौं– नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

मलङ्गवा – बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो