कैलालीलाई पीडा दिएको हुरीले काठमाडौंबासीलाई राहत ! « Khabarhub

कैलालीलाई पीडा दिएको हुरीले काठमाडौंबासीलाई राहत !


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीको टीकापुर आसपासका क्षेत्रमा बिहीबार साँझ आएको हावाहुरी शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । ९६ किलोमिटर प्रतिघण्टाको गतिमा कैलाली क्षेत्रबाट अघि बढेको हावाहुरी गति सीमित हुँदै बिहान काठमाडौं आइपुगेको थियो ।

यसरी कैलाली, कञ्चनपुर क्षेत्रमा २ जनाको ज्यान जाने गरी र १०९ जनालाई घाइते बनाउने गरी दु:ख दिएर आएको हुरी काठमाडौंबासीका लागि भने खुसी दिएर गएको छ ।

मौसमविद्हरुका अनुसार यो हावाले काठमाडौंको धुलो उडाएर लगेको बताएका छन् । धनगढी आसपसबाट तराई क्षेत्र हुँदै अघि बढेको हावाहुरी मौसम पूर्वानुमान भन्दा फरक रुपमा गति परिवर्तन गरी काठमाडौं भित्रिएको मौसमविद विभुति पोखरेलले बताइन । उनले भनिन्-‘धनगढीवासीले हिजो साँझ पीडाका रुपमा भोगेको हावाहुरी आज बिहानै काठमाडौं आइपुग्यो। त्यो हावाहुरीको काठमाडौं आवागमन मौसम पूर्वानुमान महाशाखाको अनुमानविपरीत थियो।’

मौसमविद पोखरेलले कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी पूर्व आउँदा बिस्तारै घटेको र हावाहुरी तराईंको बाटो हुँदै जान्छ भनेर गरिएको पूर्वानुमान विपरित मध्यनेपालबाट काठमाडौंतिर आएको बताइन ।

यो हावाहुरीले काठमाडौंको धुलो उडाएर काठमाडौंको मौसम सफा बनाएको उनले बताइन । पोखरेलले भनेजस्तै आज काठमाडौंको मौसम सफा देखिएको छ । उपत्यकाका डाँडाकाँडा सफा र खुला देखिएका छन् । काठमाडौंको आकाश पनि निलो, कञ्चन सफा देखिएको छ । उत्तरी क्षेत्रमा हिमालका सुन्दर दृश्य देखिएका छन् ।

लगातार पानी परेपछि केही समय उपत्यकाको मौसम खुलेपनि केहीबेरमा तुवाँलो र धुलोले ढाक्ने गरेको छ । तर आज बिहान करिव आधा घण्टा चलेको हुरीले उपत्यकाको तुवाँलो उडाइदिएको छ ।

काठमाडौं उपत्यकाको मौसममा सुधार आएपनि उपत्यका आसपास र पूर्वी नेपालको भूभागमा हावाहुरी र पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : २४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा