प्रदेश १ को नीति तथा कार्यक्रम–कृषिले पायो प्राथमिकता | Khabarhub Khabarhub

प्रदेश १ को नीति तथा कार्यक्रम–कृषिले पायो प्राथमिकता


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेशको कृषी क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

बिहिवार सार्वजनिकि गरिएको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य आधार बनाएर उत्पादन क्षेत्रको विकास गरिने उल्लेख भएको छ । नीति तथा कार्यक्रममा सरकारले कृषि औद्योगिकरण र कृषि उत्पादनलाई प्रोत्सहान गर्ने बताएको छ । त्यसका लागी सरकारले आगामी वर्ष हरित कृषि अभियान समेत संचालन गर्ने भएको छ ।

उक्त अभियान अन्तर्गत एक सय बिघा जमिनमा जग्गाधनी किसानलाई कृषि कम्पनीमा आबद्ध गर्ने र राज्यको तर्फवाट समेत लगानी गरिने घोषणा गरिएको छ । त्यस्तै प्रांगारिक व्यवसायिक खेतीलाई प्रोत्साहन गर्न ऋण तथा अनुदान दिने उदघोष गरिएको छ । सरकारले एक सय व्यवसायीक किसानका फर्मलाई छनोट गरी सहयोग गर्ने व्यवस्था मिलाउने भएको छ ।

त्यस्तै कोशीटप्पु प्रभावित ५ हजार बिघा जमिनमा कृषि भूमिको विकास गरिने परियोजना समेत समामवेस गरीएको छ । कृषिमा आधारित विशेष आर्थिक क्षेत्र स्थापना, बगरखेती, खाद्यान्न बिउ उत्पादन, चिस्यान केन्द्र, नेट हाउस, जडीबुटी खेती, नगदेबाली प्रबर्द्धन जस्ता कुरामा सरकारको लगानी तथा सहयोग रहेने नीति कार्यक्रममा उल्लेख छ । सुनसरीको श्रीलंका टापुका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरी त्यस क्षेत्रलाई विषेश कृषि जोन बनाईने सरकारले नीति लिएको छ ।

नीति कार्यक्रममा केही पुरानै र केही नयाँ कार्यक्रम समेटिएका छन् ।

नीति कार्यक्रम अनुसार मुख्यमन्त्री ग्रामीण सडक परियोजना निरन्तरताले निरन्तरता पाउने भएको छ । कुनैपनि स्थानवाट एक घन्टामा स्वास्थ्य तथा शिक्षा क्षेत्र अनि बजार पुग्ने गरी पुल तथा सडकको निर्माण गरिने भएको छ । चतरादेखि तुम्लिङटारसम्म जलमार्ग, पर्यटनको विकास, धरान मूलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन, मध्यपहाडी लोकमार्गमा स्थापना हुने नयाँ सहरमा मानव बसोबासको लागि आधार तयार गर्ने लगाएका योजनाहरु समावेश भएका छन् ।

औद्योगिक विकासका लागि विराटनगरमा विशेष आर्थिक क्षेत्र, औद्योगिक प्रदर्शनीस्थल निर्माणलाई तिव्रता दिइने भएको छ । यसैगरी प्रदेश एक बिन्दु सेवा केन्द्र स्थापना, भेडेटार राजारानी हुँदै रवि राँकेको सिद्धिथुम्कासम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गर्ने र हरित कार्यक्रम लागु गर्ने, धरान उपमहानगरपालिकालाई पर्यटकीय पालिका घोषणा गरी सहकार्यमा कार्यक्रम चलाउने प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नीतिकार्यक्रमले रोजगारी सिर्जना अनि औद्योगिक विकासमा जोड दिइएको छ । औद्योगिक विकासका लागि विराटनगरमा विशेष आर्थिक क्षेत्र, औद्योगिक प्रदर्शनीस्थल निर्माणलाई तिव्रता दिइने भएको छ । ‘प्रदेशको पानी जनताको लगानी’ भन्ने नाराका साथ एक वर्षभित्र १ हजार ४ सय मेगावाट जलविद्युत उत्पादन गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

विपक्षी दल सासंदहरुले भने सरकारले ल्याएको नीति तथा कार्यक्रम महत्वकांंसी भएको प्रतिक्रिया दिएका छन् । शब्दको जलपले सुन्दर बाईएको नीति तथा कार्यक्रम कार्यन्यवनमा उतिनै कठिन भएको प्रतिपक्षले बताएका छन् । अघिल्लोे वर्षपनि कार्यक्रम ल्याएको तर कार्यन्यवन गर्न नसकेको भन्दै प्रतिपक्षि सासंदहरुले महत्वकासी निती कार्यक्रमको कुनै अर्थ नभएको तर्क गरे ।

बिहिबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले सरकारको तर्फवाट आगामी वर्षको लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ३६ बजे

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब