कार्यक्रम गर्न मलेसिया पुगेका कलाकार पक्राउ « Khabarhub

कार्यक्रम गर्न मलेसिया पुगेका कलाकार पक्राउ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इदको अवसर पारेर मलेसिया कार्यक्रम गर्न पुगेका नेपाली कलाकारहरू पक्राउ परेका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन मलेसिया पुगेका कलाकारलाई  मलेसियाको अध्यागमन प्रहरीले पक्राउ गरेको हो ।

एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालमा गएका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार पुगेका थिए । ती कलाकारलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । साथै प्रहरीले स्थानीय अन्य कलाकारलाई पनि पक्राउ गरेको छ ।

कार्यक्रम स्थलमा प्रहरीले छापा मारेपछि दर्शक त्रसित बनेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा प्रहरीले छापा मारेको हो । स्थानीय समयअनुसार राति ३ बजे प्रहरीले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि कलाकारले यसबारेमा जानकारी दिएका थिएनन् । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : ०१ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको