मन्त्री यादवले भने– नुन चोर्नेलाई जेल हाल्ने, सुन चोर्नेलाई तक्मा ! « Khabarhub

मन्त्री यादवले भने– नुन चोर्नेलाई जेल हाल्ने, सुन चोर्नेलाई तक्मा !


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले मुलुकको विकास र समृद्धिका लागि साना तथा मझौला उद्योगको विकास तथा विस्तारमा जोड दिनुपर्ने बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको १६ औं स्थापना दिवसको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ऐन कार्यान्वयनको दायित्वबारे सरकारका मन्त्रालयबीच नै अन्यौलता रहेकोमा असन्तुष्टि ब्यक्त गरे ।

उनले साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि राम्रा ऐन बने पनि कार्यान्वयनमा समस्या रहेको उनले बताए । उनले भने “नुन चोर्नेलाई जेल हाल्ने, सुन चोर्नेलाई तक्मा भिराइदिने । त्यसरी आर्थिक सम्मृद्धि हुँदैन । देश अगाडि बढ्न सक्दैन ।”

उनले स्वदेशी उत्पादन महँगो भएपनि खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था ऐनमा हुँदा कार्यान्वयनमा समस्या देखिएको स्वीकार गरे । ऐन कार्यान्वय कसले गर्ने भन्नेमा नै सरकारका मन्त्रालय र निकायबीच अन्योलता रहेको पनि उनले उल्लेख गरे ।

उनले भने ‘स्वदेशी उत्पादन महँगोमा किनुपर्ने ऐनमा व्यवस्था भएपनि लागू भएको छैन । लागु गराउने कुन मन्त्रालय हो त्यो थाहा छैन । ऐन कार्यान्वयनको जिम्मेवार संस्था प्रधानमन्त्री कार्यालयमा छ । ऊ खाली ऐन समातेर बसेको हुन्छ । नियमावली लागू गर्नका लागि मैले सही गरेको कागज ६ महिना चक्कर काटेर आयो फेरि फर्केर । तिम्रो अधिकारको विषय नै होइन भनेर । यस्तो अवस्था छ ।”

उनले साना, घरेलु तथा मझौला उद्योगीका लागि ऋण लगायत व्यवस्था पनि कार्यान्वयन हुन नसकेको भन्दै ऐन कार्यान्वयन नगर्नेलाई सरकारले दण्डित गर्न नसकेको गुनासो गरे । उनले कानुन कार्यान्वय लगायतमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरे ।

मन्त्री यादवले साना, लघु तथा मझौला उद्योगले रोजगारी श्रृजना गरि मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको भन्दै विकास र प्रवर्द्धनमा सरकार उद्योगीसँग हातेमालो गरेर अघि बढ्न सधैँ तयार रहेको बताए ।

महासंघका अध्यक्ष बाबुकाजी महर्जनले सरकारका निकाय र संघ संस्थाहरुमा मंहगो भएपनि स्वदेशी उत्पादनका वस्तुहरु अनिवार्य रुपले खरिद गर्नुपर्ने नियम कार्यान्वयन गर्न सरकारसँग माग गरे । कार्यक्रममा उद्योग व्यवसायीहरुले स्वदेशी उत्पादनको बजार प्रवर्द्धन, सहुलियत ऋण लगायतको व्यवस्था कार्यान्वन हुन नसकेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : ५४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल