महिलामाथि नै जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता « Khabarhub

महिलामाथि नै जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा दुई वर्षे नाबालिकामाथि हत्याको प्रयास गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ सेमरा तेगछियाकी ४० वर्षीया कलावती देवी गिरी रहेको प्रहरीले जनाएको छ ।

उनले बिहीबार दिउँसो ४ बजे नाबालिका २ वर्षकी (नाम परिवर्तन) आरलाई परिवारसँगको पूर्व रीसीईबी साँध्ने मनाशयले हत्या प्रयास गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको  छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईलेका अनुसार ती महिलाले नाबालिकाको हातखुट्टा बाँधेर संवेदनशील अंगमा जबरजस्ती कपडा कोचेको अनुसन्धानबाट खुलेको हो । त्यसपछि ती महिलाले बालिकालाई मुखमा समेत कपडा कोची घर आगाडि फालेर फरार भएकी थिइन् ।

गिरीलाई शुक्रबार बिहानै पक्राउ गरी जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको एसपी भट्टराईले जानकारी दिए । पक्राउ परेकी गिरीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ८ : २९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार