मेस्सीले पाए १४ वर्षपछि रातो कार्ड, कोपामा भ्रष्टाचार भएको दाबी « Khabarhub

मेस्सीले पाए १४ वर्षपछि रातो कार्ड, कोपामा भ्रष्टाचार भएको दाबी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले आफ्नो करियरको दोस्रो रातो कार्ड पाएका छन् ।

कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा मेस्सीले रातो कार्ड पाए । यो उनको करिअरको दोस्रो रातो कार्ड हो । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

चिलीसँगको खेलमा मेस्सीले खेलको ३७ औं मिनेटमा रातो कार्ड पाएपछि उनको करियरमा दोस्रो रातो कार्ड बनेको हो । उनले यसअघि पहिलो रातो कार्ड अर्जेन्टिनबाट डेब्यु गरेकै खेलमा पाएका थिए ।

सन् २००५ मा मार्च महिनामा भएको हंगेरीविरुद्धको खेलमा पाएका थिए ।

चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पदक लगाउन मैदानमा गएनन् ।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको समेत बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : ४० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको