मेस्सीले पाए १४ वर्षपछि रातो कार्ड, कोपामा भ्रष्टाचार भएको दाबी « Khabarhub

मेस्सीले पाए १४ वर्षपछि रातो कार्ड, कोपामा भ्रष्टाचार भएको दाबी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले आफ्नो करियरको दोस्रो रातो कार्ड पाएका छन् ।

कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा मेस्सीले रातो कार्ड पाए । यो उनको करिअरको दोस्रो रातो कार्ड हो । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

चिलीसँगको खेलमा मेस्सीले खेलको ३७ औं मिनेटमा रातो कार्ड पाएपछि उनको करियरमा दोस्रो रातो कार्ड बनेको हो । उनले यसअघि पहिलो रातो कार्ड अर्जेन्टिनबाट डेब्यु गरेकै खेलमा पाएका थिए ।

सन् २००५ मा मार्च महिनामा भएको हंगेरीविरुद्धको खेलमा पाएका थिए ।

चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पदक लगाउन मैदानमा गएनन् ।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको समेत बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : ४० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा