जन्म कुण्डलीबाट दुर्घटना र बच्ने उपाय यसरी थाहा पाउनुहोस् « Khabarhub

जन्म कुण्डलीबाट दुर्घटना र बच्ने उपाय यसरी थाहा पाउनुहोस्


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईंको जन्म कुण्डली तपाईंको अतित, वर्तमान र भविष्यको ऐना हो । तपाईंले भविष्यमा कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाईंको जीवनलाई कस्तो मोडमा पुर्‍याईदिन्छ । यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ ।

कुण्डली जाँच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ । ज्योतिषशास्त्र एउटा जटिल विद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् । जुन धेरैजसो अवस्थामा हानिकारक सावित हुन्छ ।

त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरथोर कुराहरु थाहा हुनुपर्छ । घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ ।

आज हामी तपाइलाईं बताउछौँ । तपाईंको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको योगलाई कसरी जान्न र बुझ्न सकिन्छ ? जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने सम्भावना अत्यधिक हुनसक्छ ।
ज्योतिषशास्त्रको अनुसार दुर्घटनाको सिँधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ ।

लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ । मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ । यदि त्यहरु मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ ।

आउनुहोस्, जानौँ दुर्घटनाको लागि कुन ग्रह जिम्मेवार हुन्छन् ?

मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउँछन् । त्यही लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामेल छन् भने दुर्घटनाको योग बन्छ । लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो । तेस्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ ।

जसको जन्म हुन्छ उसको मृत्यु पनि तय भएकै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाईं केहि उपायहरु अपनाउन सक्नुहुन्छ ।

आउनुस् जानौँ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय :

हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुहोस् । हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ । तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ ।

आफ्नो घरको छतमा रातो झण्डा राख्नुहोस् र एउटा कागतीमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुहोस् । नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : ४४ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत