जन्म कुण्डलीबाट दुर्घटना र बच्ने उपाय यसरी थाहा पाउनुहोस् « Khabarhub

जन्म कुण्डलीबाट दुर्घटना र बच्ने उपाय यसरी थाहा पाउनुहोस्


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईंको जन्म कुण्डली तपाईंको अतित, वर्तमान र भविष्यको ऐना हो । तपाईंले भविष्यमा कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाईंको जीवनलाई कस्तो मोडमा पुर्‍याईदिन्छ । यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ ।

कुण्डली जाँच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ । ज्योतिषशास्त्र एउटा जटिल विद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् । जुन धेरैजसो अवस्थामा हानिकारक सावित हुन्छ ।

त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरथोर कुराहरु थाहा हुनुपर्छ । घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ ।

आज हामी तपाइलाईं बताउछौँ । तपाईंको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको योगलाई कसरी जान्न र बुझ्न सकिन्छ ? जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने सम्भावना अत्यधिक हुनसक्छ ।
ज्योतिषशास्त्रको अनुसार दुर्घटनाको सिँधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ ।

लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ । मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ । यदि त्यहरु मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ ।

आउनुहोस्, जानौँ दुर्घटनाको लागि कुन ग्रह जिम्मेवार हुन्छन् ?

मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउँछन् । त्यही लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामेल छन् भने दुर्घटनाको योग बन्छ । लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो । तेस्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ ।

जसको जन्म हुन्छ उसको मृत्यु पनि तय भएकै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाईं केहि उपायहरु अपनाउन सक्नुहुन्छ ।

आउनुस् जानौँ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय :

हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुहोस् । हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ । तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ ।

आफ्नो घरको छतमा रातो झण्डा राख्नुहोस् र एउटा कागतीमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुहोस् । नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : ४४ बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म