लोक सेवाको विज्ञापन संविधान र कानून सम्मत नै छ– मन्त्री पण्डित « Khabarhub

लोक सेवाको विज्ञापन संविधान र कानून सम्मत नै छ– मन्त्री पण्डित


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका विभिन्न तहमा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगद्वारा आह्वान गरिएको विज्ञापन संविधान र कानून सम्मत नै रहेको दावी गरेका छन् ।

मन्त्री पण्डितले कर्मचारी अभावको कारण सेवा प्रवाहमा असर परेकाले लोक सेवा आयोगमार्फत चाँडो कर्मचारी भर्नाको प्रक्रिया शुरु गरिएको मन्त्री पण्डितको भनाइ छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले सरकार संविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रणालीलाई आत्मसाथ गर्दे अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

संघीय निजामति सेवा ऐन राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको र संविधानले समावेशी समानुपातिकलाई अंगिकार गरेकाले सोही अनुसार विधेयक निर्माण गरिने मन्त्री पण्डितको भनाइ थियो ।

दलित, पिछडिएका र गरिब समुदायलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउनका लागि तराई मधेस समृद्धि कार्यक्रममार्फत कयौ स्थानमा पिछडिएका दलित समुदाय र गरिब वस्तीमा कार्यक्रमहरु सञ्चालन भईरहेको पनि मन्त्री पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ०५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने