विषादी परीक्षण स्थगित गर्नुको कारण जानकारी गराउन मन्त्रीलाई रुलिङ « Khabarhub

विषादी परीक्षण स्थगित गर्नुको कारण जानकारी गराउन मन्त्रीलाई रुलिङ


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन रुलिङ गरेको छ ।

आइतबारको संसद बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समय लिएर बोल्दै विषादी परीक्षणबाट पछि हट्नुको कारण माग गरेपछि सभामुख कृष्णबहादुर महराले सम्बन्धित मन्त्रीलाई यसबारे जवाफ दिन रुलिङ गरेका हुन् ।

खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको र लम्पसारवादी नीति लिएको आरोप लगाए ।

त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख महराले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र राजपा नेपालका सांसद प्रमोद साहले बालुवा झिक्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको घटनामा जायज माग राखेर आन्दोलन गर्दा सरकारले अन्धाधुन्ध गोली चलाएको आरोप लगाए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : २५ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत