आणविक सम्झौताको अर्को महत्वपूर्ण बुँदाबाट पछि हट्ने इरानको घोषणा « Khabarhub

आणविक सम्झौताको अर्को महत्वपूर्ण बुँदाबाट पछि हट्ने इरानको घोषणा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले सन् २०१५ मा हस्ताक्षर गरिएको आणविक सम्झौताको अर्को महत्वपूर्ण बुँदाबाट पछि हट्ने घोषणा गरेको छ ।

आइतबार इरानको आणविक निकायका प्रवक्ता बेहरुज कमलवान्दीले सन् २०१५ को आणविक सम्झौताअनुसार तय भएको युरेनियम प्रशोधनको स्तर नमान्ने घोषणा गरेका हुन् । उनले इरानले चाहेअनुसार आणविक प्रशोधनलाई बढाउनेसमेत जनाए ।

सम्झौताअनुसार इरानले युरेनियम शुद्धीकरणको स्तरलाई अधिकतम ३.६७ प्रतिशतसम्म मात्र कायम राख्न सक्ने व्यवस्था गरिएको छ । यो स्तर आणविक उर्जाका लागि आवश्यक २० प्रतिशत तथा आणविक हतियारका लागि चाहिने ९० प्रतिशतको स्तरभन्दा धेरै कम हो ।

सम्झौताअघि इरानले तेहरानको आणविक भट्टीमा आवश्यक युरेनियम २० प्रतिशत र बुशेहर भट्टीमा ५ प्रतिशत युरेनियम प्रशोधन गरेको थियो ।

त्यस्तै, इरानले आफूमाथि अमेरिकाले लगाएको नाकाबन्दी र प्रतिबन्धलाई कम गर्न अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

सन् २०१५ मा अमेरिकासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले इरानको आणविक क्षेत्रलाई समेटेको थियो ।

इरानले पेट्रोलियम पदार्थको बिक्रीलाई बढाउने पहललाई पहिलो शर्तका रूपमा उल्लेख गरेको छ ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौतामा अमेरिकाको पनि सहभागिता रहेको थियो । तर वर्तमान ट्रम्प प्रशासनले गत बर्षको मे महिनादेखि यसबाट फिर्ता हुने घोषणा गरेको थियो ।

अन्य हस्ताक्षरकर्ता मुलुकले भने सम्झौतालाई लागू गर्नुपर्ने भन्दै आएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : १८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले