सिर्जनाले ल्याइन् तीजको गीत ‘केल्ले मलाई सुहायो’ « Khabarhub

सिर्जनाले ल्याइन् तीजको गीत ‘केल्ले मलाई सुहायो’


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – महिलाहरुको महान चाड तीजको रमझम शुरु भइसकेको छ । यसैबीच गायिका सिर्जना थापा खनालले तीजको गीत बजारमा ल्याएकी छिन् । उक्त गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘केल्ले मलाई सुहायो’ बोलको गीतमा सिर्जना थापा खनालको स्वर सुन्न सकिन्छ भने गीतमा लय तथा शब्द पनि गायिका खनालकै छ ।

यस्तै गीतको भिडियोमा बिन्दु खड्का र सुमित्रा तामाङ छमछमी नाचेका छन् । भिडियोलाई मिराज अर्यालले छायांकन गरेका हुन् भने विवेक खड्काले सम्पादन गरेका हुन् ।

रीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई उदिराम खड्काको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : ४५ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास