पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै « Khabarhub

पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । असारको २२ गतेसम्म दाङमा बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै छन् । कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीऊसम्म राखेका छन् ।

कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिटफुट रुपमा दाङमा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय भानु चौधरीले कुुलोमा केहिले पानी आउला र रोपाइँ गरौँला भनी कुरेर बसेको बताए । उनले भने, ‘‘खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ।’’ उनले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने सम्भावना बढेको बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताए । समयमा पानी नपरेपछि धानको बीऊ बोरिङको पानी प्रयोग गरेर राखेको बताउँदै उनले आफ्नो अधिकांश खेत आकासेपानीको भरमा रहेकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरे ।

तुलसीपुर नगरपालिका–६ रजौराका ५५ वर्षीया ज्ञानु चौधरीले पनि पानी नहुँदा अहिलेसम्म एक कठ्ठा जमीनमा पनि धान रोप्न नसकेको बताए । कृषि ज्ञान केन्द्र घोराहीले दाङमा हालसम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले दाङको देउखुरी, क्षेत्र, घोराही नगरपालिकाका विभिन्न वडा, तुलसीपुर नगरपालिकाका केही वडामा धान रोपाइँ भएको बताए ।

उनले सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुन नसकेको जानकारी दिए । बस्नेतका अनुसार दाङमा अधिकाश किसानले राधा ४, हर्दिनाथ, रामधन, सुख्खा १, सुख्खा ३, मनसुली जातको धानखेती गर्ने गरेका छन् ।

दाङमा ३९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । त्यसमध्ये केही जमिनमा सिँचाइ कुलो नहुँदा आकासे खेतीको भरमा समेत हुँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ४० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार