भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन « Khabarhub

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार उनको निधन भएको हो । मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा उनका परिवारका सदस्य भाजपाका वरिष्ठ नेताहरु डा. हर्षवर्धन, नितिन गड्करी, पियूष गोयललगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । निकै हक्की र भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि विदेशमन्त्रीको रुपमा उनले निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् ।

यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । हालै नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालको सपथ ग्रहण गर्ने बेला पहिलो कार्यकालमा आफूलाई विदेशमन्त्रीको जिम्मेवारी दिएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् । स्वराजका पतिसहित एक छोरी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : १८ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको