मेयर र उपमेयरबीचको विवादले झडप, ६ जना घाइते « Khabarhub

मेयर र उपमेयरबीचको विवादले झडप, ६ जना घाइते


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नगरपालिकाको कार्यालय सार्ने विषयमा धनुषाको हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवादले चर्को रुप लिएको छ ।

नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको विवादले चर्को रुप लिँदा ६ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

मेयर रामज्ञान मण्डल र उपमेयर रेणुबीच विवाद हुँदा उपप्रमुख झासहित ६ जना स्थानीय घाइते भएको स्थानीले बताएका छन् ।

नगरपालिकाको बघचौडामा रहेको साबिकको कार्यालयलाई हँसपुर चोकमा सार्ने विषयमा मेयर र उपमेयरको कुरा बाझिएको हो । गाउँले मेयर र उपमेयरको पक्षमा दुई भागका बाँडिएका छन् ।

उपप्रमुख झाको घर समेत रहेको बघचौडाबाट प्रमुख मण्डलले आफ्नो गाउँ नजिक हँसपुरको बेल्ही चोकमा कार्यालय सार्न खोजेका हुन् । लामो समय देखि भइरहेको विवाद मंगलबार झडण्पमा परिणत भयो ।

करिब डेढ महिना अगाडी प्रमुख मण्डलले बेल्ही चोकमा एउटा भवन भाडामा लिएर त्यहीँबाट कार्यालय संचालन गर्दै आएका थिए भने उपप्रमुख झा बघचौडास्थित साबिकको कार्यालयमा बसेर काम गर्दै आएकी थिइन्।

यसै क्रममा मंगलबार प्रमुख मण्डलले तीन वटा ट्याक्टरमा आफ्ना कार्यकर्ताहरुलाई पठाएर बघचौडास्थित कार्यालयबाट सामानहरु सार्न खोजेपछि उपप्रमुख झाले अबरोध गरेकी थिइन् ।

उपप्रमुखले कार्यालयमा लगाएको ताल्चा फोडेर मेयर पक्षका युवाहरुले सामान लैजान लागेपछि उपमेयर पक्षका युवा र सर्वसाधारण विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : १७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको