नेपाल र कुवेतबीचको ‘होम गेम’का लागि न्युट्रल भेन्यु खोज्नु पर्ने « Khabarhub

नेपाल र कुवेतबीचको ‘होम गेम’का लागि न्युट्रल भेन्यु खोज्नु पर्ने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्‍वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालले ‘न्युट्रल भेन्यू’ मा खेल्नु पर्ने भएको छ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला ‘दशरथ रंगशाला’ समयमा निर्माण नभएपछि नेपालले कुवेतविरूद्धको ‘होम’ खेल उसैको ‘होम’ मा खेल्ने निर्णय गरेको थियो भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कहेी दिन अगाडि कार्यसमितिको आकस्मीक बैठक बोलाएर कुवेतसँगको खेल कुवेतमै खेल्ने निर्णय गरेको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी) ले ‘होम एण्ड अवे’ दुवै खेल एकै मैदानमा खेल्न नपाउने भन्दै अस्वीकृत गरेको छ ।

अब एन्फाले नेपाललाई सहज पर्ने गरी छिमेकी मुलुक हङकङ, मलेसिया, कतार वा भारतमा न्युट्रल भेन्यु खोज्नेछ ।

विश्‍वकप छनोट प्रतियोगितामा नेपालले होम एण्ड अवे गरी ८ खेल खेल्नेछ। नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्।

नेपालले सेप्टेम्बर ५ मा कुवेत र १० मा चाइनिज ताइपेईविरूद्ध होममा खेल्ने तालिका थियो। नेपालले अक्टोबर १० मा अष्ट्रेलियाविरूद्ध अवे, अक्टोबर १५ मा जोर्डनविरूद्ध होममा, नोभेम्बर १९ मा कुवेतविरूद्ध अवे, मार्च २६ मा चाइनिज ताइपेईविरूद्ध अवे, मार्च ३१ मा अष्ट्रेलियाविरूद्ध होम, जुन ४ मा जोर्डनविरूद्ध अवे खेल खेल्नेछ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ४९ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित