विप्लव समूहका जिल्ला नेता पक्राउ « Khabarhub

विप्लव समूहका जिल्ला नेता पक्राउ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई मंगलबार सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो । उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना४ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए ।

यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पुर्‍याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : २७ बजे

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला