सडक छेउमा फालिएको झोलामा भेटियो १ लाख नगद र ५ लाखको चेक « Khabarhub

सडक छेउमा फालिएको झोलामा भेटियो १ लाख नगद र ५ लाखको चेक


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीको सिगास गाउँपालिकाको सडक छेउमा बेवारिस अवस्थामा फेला परेको झोला भित्र १ लाख रुपैयाँ नगद र ५ लाख ४० हजार रुपैयाँको चेक भेटिएको छ ।

बैतडीको सिगास र सुनर्य गाउँपालिकाको सीमा क्षेत्र पर्ने जयपृथ्वी राजमार्गअन्तर्गतको मुसे–नाचनथलीमा झोला भेटिएको हो ।

बझाङबाट धनगढी जाँदै गरेका बझाङको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले झोला फेला पारेका हुन् ।

मेयर खड्काका अनुसार सडक किनारमा अलपत्र अवस्थामा भेटिएको झोला खोलेर हेर्दा त्यसमा नगद १ लाख र ५ लाख ४० हजार रुपैयाँ चेक भेटिएको हो । मेयर खड्काले झोलामा एक नागरिकता पनि भेटिएको छ, बझाङको देउलीकोट गाविस–५ ठेगाना उल्लेख भएका बसन्त बोहराको ।

मेयर खड्काले सडकमा भेटिएको झोला धनगढी पुर्‍याएका छन् । उनले पत्रकार सम्मेलन गरी उक्त झोला प्रहरीलाई बुझाउने बताएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ५२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई