सिभिल अस्पतालको टिकट अब अनलाइनबाटै, चिकित्सक पनि रोजेरै « Khabarhub

सिभिल अस्पतालको टिकट अब अनलाइनबाटै, चिकित्सक पनि रोजेरै


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका लागि टिकट लिन बिरामीले अब लाइन लाग्नुपर्ने झन्झट व्यहाेर्नु नपर्ने भएको छ । अस्पतालले बिरामीहरुका लागि घरबाटै अनलाइनमार्फत जनरल ओपीडी र पेइङ्ग क्लिनिकको टिकट काट्न मिल्ने व्यवस्था गरेको हो ।

अस्पतालले अनलाइन टिकटका लागि ‘प्रभु पे’ एप तथा अस्पताल परिसरमा रहेको केआइओएसके मेसिन मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ।

बिरामीले उपचारका लागि जनरल ओपीडीको टिकट लिन उपचार गर्न जानुभन्दा अघिल्लो दिन बिहान ७ बजेदेखि २४ घण्टा भित्रमा टिकट काट्न सकिने अस्पतालले जनाएको छ । यस्तै पेइङ्ग सेवाका लागि स्वास्थ्य परीक्षण गराउने अघिल्लो दिन बिहान १० बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्ममा टिकट खरिद गर्न सक्नेछन् ।

अनलाइनमाफर्त टिकट लिएका बिरामीले सिधै ओपिडीमा गइ स्वास्थ्य जाँच गराउन सक्नेछन् । अस्पतालले अनलाईन मार्फत टिकट काटेका बिरामीको स्वास्थ्य जाँचमा पहिलो प्राथमिकता दिने जनाएको छ ।

कसरी खरिद गर्ने अनलाईन टिकट ?

सिभिल अस्पतालले अनलाइन टिकट खरिद गर्ने तरिका १६ बुँदामा तयार पारेको छ । जसमा बिरामीले टिकट खरिदका लागि मोबाइलमा राख्नुपर्ने एप र बिरामीले लिने सेवा, आफूलाई लागेको रोग तथा परीक्षण गर्न चाहेको विभागको विषयमा उल्लेख गरेको छ ।

बिरामीका लागि सो अनलाइन सेवामा आफूले स्वास्थ्यचाँज गर्न चाहेको चिकित्सक समेत रोज्न पाउने व्यवस्था गरिएको छ । अनलाइनफार्मत टिकटको फर्म भरेपछि स्वास्थ्य जाँच गर्ने मिति र समय एपमार्फत बिरामीले घरमै बसेर पाउने छन् ।

हेर्नुस् अनलाइन टिकट खरिद गर्ने तरिका

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै