नेपालीको हत्या गर्न भारतीय समूहबाट परिचालित तीन जना पक्राउ « Khabarhub

नेपालीको हत्या गर्न भारतीय समूहबाट परिचालित तीन जना पक्राउ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले एक नेपालीको हत्या गर्न भारतीय नागरिकबाट परिचालित तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगर ८ मा बस्दै आएका जितेन्द्र रायको हत्या गर्न भारतीयबाट परिचालित भएका सर्लाहीका हरिनारायण झा र भारत सीतामढी बस्ने राकेश झा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु तीन महिनादेखि रायको हत्याका लागि परिचालित भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोरङका डीएसपी राजकुमार खिउजुका अनुसार रायलाई मार्ने उद्देश्यले नेपाल आएका भारतीय नागरिक कुनाल कुमारलाई गत जेठ २७ मा दुई थान स्वचालित पेस्तोलसहित पक्राउ गरिएको थियो।

सो क्रममा चार थान म्यागजिन र आठ राउन्ड गोली समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले नै रायको हत्या गर्ने योजनाअनुसार हरिनारायण झा र राकेश झालाई परिचालन गरेको डीएसपी खिउजुले बताए। पक्राउ परेका तीनैजनाविरुद्ध हातहतियार तथा खर खजाना ऐन तथा संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : ४४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत