राष्ट्रपतिकै नाम लागूपर्दाथ समूहसँग जोडिएपछि हिंसात्मक प्रदर्शन « Khabarhub

राष्ट्रपतिकै नाम लागूपर्दाथ समूहसँग जोडिएपछि हिंसात्मक प्रदर्शन


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेगुसिगाल्पा– ल्याटिन अमेरिकी मुलुक होण्डुरसमा लागूपदार्थ समूहसँग राष्ट्रपति हुआँ ओर्लाण्डो हर्नाण्डेजको नाम जोडिएपछि उनीविरुद्ध राजधानी टेगुसिगाल्पामा दशौं हजारले प्रदर्शन गरेका छन् ।

सन् २०१३ मा भएको निर्वाचनमा शक्तिशाली लागूपदार्थ तस्कर समूहसँग पैसा लिएको खुलासा भएपछि उनीविरुद्ध व्यापक जनआक्रोश पैदा भएको छ । केही दिनअघि मात्र उनले लागूपदार्थ समूहसँग पैसा लिएको अस्वीकार गर्न बाध्य भएका थिए ।

राष्ट्रपतिविरुद्धको प्रदर्शन हिंसात्मक भएको तथा ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेका थिए । जवाफमा प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी गरेको र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको बताइएको छ ।

गत सातामात्र अमेरिकाको एक अदालतले सार्वजनिक गरेको दस्तावेजमा राष्ट्रपति हुआँ ओर्लाण्डो हर्नाण्डेजले सन् २०१३ मा भएको निर्वाचनका लागि लागूपदार्थ समूहबाट १५ लाख अमेरिकी डलरभन्दा धेरै चन्दा लिएको खुलासा गरेको थियो ।

उनले भने आफू यस्तो गतिविधिमा संलग्न नरहेको र लागूपदार्थ समूहविरुद्ध आफ्नो प्रशासनले चालेको कदमबाट आक्रोशित समूहले आफूविरुद्ध षड्यन्त्र गरेको उनको भनाइ छ ।

गत नोभेम्बर महिनामा उनका भाइ टोनीलाई अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी शहरमा पक्राउ गरिएको थियो । त्यसयता उनलाई राजीनामा दिन तीब्र दबाब रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार