मुलुकको विकास र समृद्धिमा युवाहरुको भूमिका अपरिहार्य « Khabarhub

मुलुकको विकास र समृद्धिमा युवाहरुको भूमिका अपरिहार्य


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राज्यका हरेक निकायमा युवाहरुको प्रतिनिधित्व हुनुपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् ।

इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले दरबारमार्गस्थिति पेभेलियन हलमा बुधबार आयोजना गरेको ‘युवा, लोकतन्त्र र विकास’बारे अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मुलुकको समृद्धिका लागि हरेक क्षेत्रमा युवा वर्गको नेतृत्व हुनुका साथै युवा लक्षित कार्यक्रमहरु गरिनुपर्ने बताएका हुन् ।

युवा, लोकतन्त्र र विकास’बारे अन्तरक्रियामा आफ्नो धारणा राख्दै संसाद राधा घले

कार्यक्रममा संसाद राधा घलेले युवालाई उद्योग, पर्यटन र कृषिका क्षेत्रमा लैजान सकेमा मात्र देशको विकास हुने बताइन् ।

‘१६ देखि ४० वर्षका युवा १ करोडको संख्यामा छन्’ कार्यक्रममा बोल्दै घलेले भनिन्, ‘हरेक वर्ष ५ लाख युवा दक्ष भएर रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता छ ।’

देशमा रोजगार नपाएर युवाहरुको लर्को विदेशतिर छ भने यता राज्य रेमिट्यानसमा रमाउन थालेको उनले बताइन् ।

विगतको तुलनामा युवाका क्षेत्रमा धेरै परिवर्तन भएको बताउँदै उनले वि.स. २०४८ सालदेखिको क्रमलाइ हेर्ने हो भने त केही परिवर्तन भएकै हो तर विकासले फड्को मार्न नसकेको उनको तर्क थियो ।

४० लाख युवाहरु विदेशमा श्रम बेचिरहेको बताउँदै उनले उनीहरुलाइ स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्ने बताइन् ।

कार्यक्रममा धारणा राख्दै नेकपा सांसद रामकुमारी झाक्री

कार्यक्रममा युवा नेतृ तथा नेकपा सांसद रामकुमारी झाक्रीले स्वदेशमै उद्यम गर्ने युवावर्गलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्,‘एउटा युवाले स्वदेशमा केही उद्यम गर्‍यो भने त्यसलाई प्रोत्साहन गर्नुपर्छ । युवालाइ कस्तो तालिम दिने ?, स्वदेशमै रोजगारीको अवसर दिलाउन के गर्ने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

‘युवा, लोकतन्त्र र विकास’अन्तरक्रियामा सहभागी युवाहरु

कार्यक्रममा उपस्थित युवाहरुको देशको विकासका लागि यूवाहरुको भूमिका अहं हुने बताए । उनीहरुले दक्ष युवा पलायन हुनबाट रोक्न सरकार गम्भीर रहनुपर्ने बताए ।

उनीहरुले राज्यका विभिन्न तह–तप्कामा युवावर्गको उल्लेख्य सहभागिता रहनुपर्ने तर्क गर्दै लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि युवाहरुलाई परिचालित गर्नुपर्ने तर्क गरेका थिए ।

‘युवा, लोकतन्त्र र विकास’अन्तरक्रियामा सहभागी युवाहरु

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ०८ बजे

खामेनीकोस्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र