मुलुकको विकास र समृद्धिमा युवाहरुको भूमिका अपरिहार्य « Khabarhub

मुलुकको विकास र समृद्धिमा युवाहरुको भूमिका अपरिहार्य


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राज्यका हरेक निकायमा युवाहरुको प्रतिनिधित्व हुनुपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् ।

इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले दरबारमार्गस्थिति पेभेलियन हलमा बुधबार आयोजना गरेको ‘युवा, लोकतन्त्र र विकास’बारे अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मुलुकको समृद्धिका लागि हरेक क्षेत्रमा युवा वर्गको नेतृत्व हुनुका साथै युवा लक्षित कार्यक्रमहरु गरिनुपर्ने बताएका हुन् ।

युवा, लोकतन्त्र र विकास’बारे अन्तरक्रियामा आफ्नो धारणा राख्दै संसाद राधा घले

कार्यक्रममा संसाद राधा घलेले युवालाई उद्योग, पर्यटन र कृषिका क्षेत्रमा लैजान सकेमा मात्र देशको विकास हुने बताइन् ।

‘१६ देखि ४० वर्षका युवा १ करोडको संख्यामा छन्’ कार्यक्रममा बोल्दै घलेले भनिन्, ‘हरेक वर्ष ५ लाख युवा दक्ष भएर रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता छ ।’

देशमा रोजगार नपाएर युवाहरुको लर्को विदेशतिर छ भने यता राज्य रेमिट्यानसमा रमाउन थालेको उनले बताइन् ।

विगतको तुलनामा युवाका क्षेत्रमा धेरै परिवर्तन भएको बताउँदै उनले वि.स. २०४८ सालदेखिको क्रमलाइ हेर्ने हो भने त केही परिवर्तन भएकै हो तर विकासले फड्को मार्न नसकेको उनको तर्क थियो ।

४० लाख युवाहरु विदेशमा श्रम बेचिरहेको बताउँदै उनले उनीहरुलाइ स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्ने बताइन् ।

कार्यक्रममा धारणा राख्दै नेकपा सांसद रामकुमारी झाक्री

कार्यक्रममा युवा नेतृ तथा नेकपा सांसद रामकुमारी झाक्रीले स्वदेशमै उद्यम गर्ने युवावर्गलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्,‘एउटा युवाले स्वदेशमा केही उद्यम गर्‍यो भने त्यसलाई प्रोत्साहन गर्नुपर्छ । युवालाइ कस्तो तालिम दिने ?, स्वदेशमै रोजगारीको अवसर दिलाउन के गर्ने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

‘युवा, लोकतन्त्र र विकास’अन्तरक्रियामा सहभागी युवाहरु

कार्यक्रममा उपस्थित युवाहरुको देशको विकासका लागि यूवाहरुको भूमिका अहं हुने बताए । उनीहरुले दक्ष युवा पलायन हुनबाट रोक्न सरकार गम्भीर रहनुपर्ने बताए ।

उनीहरुले राज्यका विभिन्न तह–तप्कामा युवावर्गको उल्लेख्य सहभागिता रहनुपर्ने तर्क गर्दै लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि युवाहरुलाई परिचालित गर्नुपर्ने तर्क गरेका थिए ।

‘युवा, लोकतन्त्र र विकास’अन्तरक्रियामा सहभागी युवाहरु

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ०८ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह