भानुआतुमा ५.९ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

भानुआतुमा ५.९ रेक्टर स्केलको भूकम्प


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्टभिला– दक्षिण प्रशान्त महासागरमा रहेको टापु राष्ट्र भानुआतुमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

राजधानी पोर्ट भिलाबाट ४३ किलोमिटर टाढा करिब १५० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकाको भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्पका कारण राजधानी सम्म सामान्य कम्पन महशुस गरिएको अधिकारीले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

धेरै गहिराईमा भूकम्प गएको तथा भूकम्पको तीब्रता पनि कम रहेका कारण सुनामीको चेतावनी पनि जारी गरिएको छैन । प्रशान्त अग्नि चक्र भनिने भौगोलिक क्षेत्रमा पर्ने भएका कारण भानुआतुमा भूकम्प र ज्वालामुखी उत्पन्न हुने गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ५६ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो