टानको अध्यक्षमा खुमबहादुर विजयी « Khabarhub

टानको अध्यक्षमा खुमबहादुर विजयी


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बनेका छन् । पराजित थापाले ४३८ मत प्राप्त गरे । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गरेका थिए । थापा समूहकी सरिता लामा महासचिवमा विजयी भएकी छन् । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उनले १३ मतले पराजित गरे ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएकी छन् । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ९ : २३ बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)